ग्यासको विशाल बादललाई ‘ब्ल्याक होलले निल्दा’ ब्रह्माण्डमा महाविस्फोटन

२० असार २०८०, बुधबार १७:४५

एजेन्सी– खगोलविद्हरूले ब्रह्माण्डमा भएको एउटा महाविस्फोटन पत्ता लगाएका छन । उनीहरूको विश्वासमा अहिलेसम्म पत्ता लागेकामध्ये यो नै सबैभन्दा ठूलो विस्फोटन हो ।

सुपरनोभा’ भनिने विस्फोटन हुँदै गर्दाको प्रकाशमान ताराभन्दा यो महाविस्फोटन १० गुना बढी चहकिलो छ। हालसम्म उक्त चहक तीन वर्षभन्दा बढी समयसम्म देखिएको पाइएको छ ।

विस्फोटनपछि अधिकांश सुपरनोभाहरू केही महिना मात्र उज्याला देखिने भएका छन । एउटा सिद्धान्तका अनुसार एउटा ब्ल्याक होलले ग्यासको विशाल बादल निल्दा उक्त विस्फोटन भएको हुनसक्छ।

क्यालिफोर्नियास्थित त्स्विकी ट्र्यान्जिअन्ट फ्यासिलिटीले पहिलो पटक सन् २०२० मा आकाशमा प्रकाशको एउटा झिल्को पत्ता लगाएको थियो। ब्ल्याक होलस् नासा भन्छ दूर अन्तरिक्षबाट आएको आवाज यस्तो सुनिन्छ ।

यद्यपि त्यसको एक वर्षपछि बल्ल तथ्याङ्क केलाउँदै गर्दा वैज्ञानिकहरूको ध्यान त्यसतिर आकर्षित भयो। उनीहरूले उक्त घटनालाई ब्त्द्दण्द्दज्ञधिह नामकरण गरेका छन्। सुरुमा वैज्ञानिकहरूले उक्त घटनालाई साधारण मानेका थिए।

त्यो विस्फोटन कति पर भएको थियो भन्ने कुनै सङ्केत नभएकाले त्यसको चमक गणना गर्न सम्भव भने रहेको थिएन। यूनिभर्सिटी अफ साउथ्याम्पटनका वैज्ञानिक डा. फिलिप वाइजम्यानको नेतृत्वमा रहेको टोलीले गत वर्ष उक्त घटनाबाट उत्पन्न प्रकाशको विश्लेषण गर्योघ। उक्त विश्लेषणबाट उक्त प्रकाशको स्रोत आठ अर्ब प्रकाशवर्ष टाढा रहेको छ ।