काठमाण्डौ, २० असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूले बोल्दै नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको बताएका छन ।
उनले यसबाट विपक्षीहरुमा कति पूर्वाग्रह छ भन्ने देखिने बताउँदै त्यसबाट केही नहुने पनि बताएका छन । १८ असार १८ मा एक कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए ।
उनको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले विरोध गर्दै आएका छन् । आफ्नो आलोचना भइरहेको बेला आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले प्रष्टीकरणको शैलीमा प्रचण्डले आफूले त्यो कुरा नबोलेको बताएका छन । उनले भने, ‘आज म सुन्दैछु एउटा किताब विमोचन गर्दै गर्दा मैले बोलेको । उनले बोलेको कुरा मैले बोलेको । मेरो कुरा होइन ।
उनले बोलेको मैले भने उहाँ सेवा र यातायातको क्षेत्रमा मात्रै होइन । राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ ?
कहिले दिल्ली, कहिले नेपालको पार्टीहरुसँग छलफलमा लाग्नुहुन्थ्यो ।’ उक्त अभिव्यक्तिलाई उचालेर बबण्डर गर्न खोजिएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसबाट प्रतिपक्षी कति विक्षिप्त छ भन्ने देखिएको बताएका छन ।
उनले भने, ‘उहाँको बारेमा भनेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन,’ ।
