राष्ट्रियसभामा एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

२० असार २०८०, बुधबार १५:५५

काठमाण्डौ, २० असार– आज बुधबार बसेको राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ ।

बुधबार बसेको बैठकको सुरुवातमै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति स्वीकार गर्न नसकिने भन्दै राजीनामा माग गरेका छन ।

गत सोमबार प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ ।

एमालेको अवरोधपछि केही समयका लागि राष्ट्रियसभाको बैठक स्थगित गरीएको छ ।