प्रधानमन्त्रीको हिम्मतले ठुला माछा जेल पुगे: पन्चा सिंह

२० असार २०८०, बुधबार १४:१६

काठमाण्डौ, २० असार– अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हिम्मतले ठुला माछा भनिनेहरु जेलको छिँडीमा कैदी बनेर बिताइरहेको बताएकी छन ।

स्ववियू काउन्सिलको तेस्रो भेलालाई कीर्तिपुरमा सम्बोधन गर्दै अध्यक्ष सिंहले यस्तो बताएकी हुन । उनले प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट भ्रष्टाचार विरुद्ध अभियान चलाएको बताएकी छन ।

उनले भनीन्, ‘नेपाल सरकारले भ्रष्टाचार विरुद्धको अभियानलाई साहसपूर्वक अघि बढाएको छ । आज ठुला माछाहरु जेलको छिँडिमा कैदी बनेर बिताइरहेका छन् ।

आज यस्ता मान्छेलाई कैदी बनाउन हिम्मत गर्ने र मुलुकको कायापलट गर्ने उहाँले सपना देख्नुभएको छ’ ‘हिजो प्रधानमन्त्रीज्यूले वर्ग संघर्ष गर्न कासन गरेकाले हामी जस्ता युवाहरु बलिदान गर्न तयार भयौं । फाँसीकोतक्तामा लट्किन तयार बनेका हौं ।’

उनले अहिले जनता कुन पार्टी, कसको झण्डालाई ट्रेड मार्क नबनाएर जनता भ्रष्टाचारबाट अजित भएको बताएकी छन । उनले जनतालाई सुशासन र समृद्धि चाहिएकाले सरकार सहासपूर्वक अघि बढ्नुपर्ने बताएकी छन ।