काठमाण्डौ, १९ असार– केन्द्रीय अनुसन्धान ब्युरोले अघि बढाएको ललिता निवास जग्गा प्रकरणको मुद्दा संगठित अपराधमा रूपान्तरण भएको छ ।
नेपाल प्रहरीले ललितानिवासको जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि संगठित अपराधमा पनि अनुसन्धान अघि बढाएको हो ।
आज मंगलबार सरकारी वकिलको कार्यालयले काठमाण्डौँ जिल्ला अदालतमा सरकारी लिखत किर्तेमा प्रारम्भिक अनुसन्धान भएको उक्त मुद्दालाई संगठित अपराधमा रूपान्तरण गरी म्याद थपका लागि माग गरेको थियो ।
काठमाण्डौँ जिल्ला अदालतले ब्युरोको नियन्त्रणमा रहेका ९ जनालाई नै संगठित अपराधमा थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
