काठमाण्डौ, १९ असार– २० असार देखी लागू हुने गरी आन्तरिक तर्फको हवाइ भाडादर घटेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवालाई बुधबारदेखि लागू हुने गरी भाडादर घटाउन निर्देशन दिएको छ ।
यससँगै काठमाण्डौ –भद्रपुर भाडा चार सय २० रूपैयाँले घटेको छ। त्यसैगरी, काठमाण्ड–भैरहवाको भाडादर हालको भन्दा २८५ रूपैयाँले घटाइएको हो। यस्तै कठमाण्डु लामो रुट (८९.०९ मिनेट) धनगढीका लागि ६१५ रुपैयाँले भाडा घटेको छ ।
काठमाण्डौ बाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार२६०९ र सिमराका लागि १२५ रुपैयाँ कम भएको छ ।
स्टल रूटतर्फ प्रतिसिट प्रतिमिनेट ५१.६८ रुपैयाँ र ट्रंकतर्फ प्रतिसिट प्रतिमिनेट ७२.३४ रूपैयाँका दरले इन्धनको मूल्य राख्ने गरिएको प्राधिकरणकाले जानकारी दिएको छ ।

