काठमाण्डौ, १९ असार– आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि हुने खेलमा नेपालले आयरल्याण्डसँग टस हारेर ब्याटिङ गर्ने भएको छ ।
हरारेको ताकाशिङगा स्पोर्ट्स क्लबमा आयरल्याण्डका कप्तान एन्डी बालबर्नीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन ।
नेपाल समूह ए मा भएको ४ खेल मध्य ३ मा हार र १ मा जितसहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो ।
जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन ।नेपालले सातौं स्थानको प्ले अफ सेमिफाइनलमा यूएईलाई ३ विकेटले पराजित गर्दै आयरल्याण्डसँगको भेट पक्का गरेको हो ।आयरल्याण्डले प्लेअफ खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।
