सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी

१९ असार २०८०, मंगलवार १३:१४

काठमाण्डौ, १९ असार– संसदीय समितिका सभापति चयन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री र सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी छ ।

सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दपुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र कानुनमन्त्री धनराज गुरुङ सहभागी रहेका छन ।

सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल आयोजना गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समितिहरु रहेका छन । ती सबै संसदीय समितिका सभापति चयन भएका छैनन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापति विहीन रहेका छन ।