काठमाण्डौ, १९ असार– आज संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । आज संघीय संसद भवनमा बैठक दिउँसो १ बजे शुरु हुदैछ । आजको बैठकमा चार वटा मन्त्रालय विनियोजन शीर्षकहरूमाथि छलफल हुने सचिवालयलले जनाएको छ ।
जसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ ।
