अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु

१९ असार २०८०, मंगलवार ११:१५

बुटवल, १९ असार – अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको हो ।

वडाअध्यक्ष कमल प्रसाद पोखरेलले दिएको जानकरी अनुसार पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको छ। मृतक तीनैजना बालबालिकाको शव निकालिएको प्रहरीले जनाएको छ।

घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन्। उनको उद्धार गरेर पाल्पाको मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लगातारको वर्षाका कारण बिहान साढे पाँच बजेको समयमा घर माथिबाट खसेको ढिस्कोले घरको आधा भाग पुरेको छ।