लुम्बिनी प्रदेशमा एमालेको विरोधकै बीचमा बजेट माथिको छलफल सकियो

१८ असार २०८०, सोमबार १७:३९

काठमाण्डौ, १८ असार– लुम्बिनी प्रदेशमा एमालेको विरोधकै बीचमा बजेट माथिको सैद्धान्तिक रुपमा छलफल सकिएको छ । प्रमुख प्रतिपक्ष दल एमाले विनै सोमवारबाट बजेटमाथिको छलफल सकिएको हो ।

बैठकमा सत्तारुढ दलका सांसदले मात्रै भाग लिए। एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले छलफलमा प्रमुख प्रतिपक्षी दल भएर पनि आफूहरूलाई बोल्न नदिइएको आरोप लगाएका छन ।

उनले पार्टीको तर्फबाट भोजप्रसाद श्रेष्ठलाई बोल्नका लागि समय माग गरेको भए पनि सभामुखले बोल्न नदिएको बताएका छन । बैठकमा सत्तारुढ दलका सांसदहरु बैजनाथ कलवार, वसीउद्दीन खाँ, खड्गबहादुर बस्नेत, तारा थापाले छलफलमा भाग लिए । उनीहरुले सरकारले ल्याएको बजेटको बचाउ गरेका छन् ।

एमालेको विरोधपछि बैठक तीन पटकसम्म स्थगित गरिएको थियो । बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट माथि उठेका प्रश्नको जवाफ दिएका थिए ।

मन्त्री मास्कीले सदनमा आर्थिक वर्ष २०८०र०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने बताएका छन् ।