काठमाण्डौ, १८ असार– आज सोमबार बसेको राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ ।
आज बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।
बैठकमा सांसदहरुले आवश्यकता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव पनि दिएका छन ।
राष्ट्रियसभाको अर्को बैठक असार १९ गते मंगलबार ९भोली० १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।
