काठमाडौं, १८ असार – आँप असार, साउन र भदौ महिना पाइने फल हो । यो समय भनेको आँप पाइने मौसम हो । आँप फल जुनसुकै उमेर समूहका मानिस पनि मन पराउने गर्दछन्।
आँपमा भिटामिन ए, बि, सी र ई प्राप्त मात्रमा पाइन्छ । यस्तै आँपको प्रयोग गर्दा आँपले छालालाई स्वस्थ बनाउनुको साथै डण्डिफोरबाट पनि राहत दिलाउने गर्दछ ।
ठूला देखि स–साना रुखमा फल्ने आँपका धेरै प्रजाति हुन्छन् । यिनै प्रजातिका आधारमा यसको स्वाद फरक–फरक हुन्छ । आँपको विभिन्न परिकारहरु जस्तै आँपको लस्सी, आँपको स्मूदी, आँपको धुलो, आँपको अचार, आँपको जुस, काँचो आँपको खट्टा जुस, काँचो र पाकेको आँपको धुलोबाट खट्टामिठा जुस, म्याङगो चिल आइस, सलाद, गालेको अचार, आपको चाना, गुन्द्रुकसँग साँधेर आँपको अचार बनाउन सकिन्छ ।
भूगोलअनुसार पनि आँपको स्वादमा विभिन्नता पाउन सकिन्छ । हरेक वर्ष नेपालीभन्दा पहिले भारतीय आँप बजारमा आउने गरेको छ । हुन त नेपालमा खपत हुनेमध्ये अधिकांश फलफूल भारतबाटै आयात हुने गरेको छ । तर नेपालको सबैजसो हावापानीमा यो उपलब्ध हुने भएको कारण फलफूलको राजा मानिने आँपको माग स्वदेशी उत्पादनले नै धान्ने गरेको छ।
अनुसन्धानहरुले देखाएअनुसार एसिया महादेश आँपको लागि धनी मानिन्छ। अफ्रिका र मलेसियामा पनि आँपको राम्रो उत्पादन हुन्छ। नेपालमा बम्बे, केसर, दसहरी, मालदह, बन्बै ग्रिन, कृष्णभोग जातका आँप उपलब्ध हुने गरेका छन् । खासगरी काठमाडौंमा मालदह, कलकत्ते, दसरी, बम्बई, आम्रपाली कृष्णभोग जातका आँप बढी खपत हुने गरेको छ ।आँपमा कार्बोहाईड्रेड, प्रोटिन कोलेष्ट्रोल, डाण्टरी रेशा, भिटामिनहरु सी, ए, ई र के, सोडियम, पोटासियम, क्याल्सियम लगायतको थुप्रै तत्वहरु पाउन सकिन्छ ।
आँपका फाईदाहरु यस्ता छन्
१. आँपले बालबालिकाको मानसिक विकास गर्न सहयोग पुर्याउँछ ।
२. आँपको सेवनले पाचनप्रक्रिया ठिक गराउँछ ।
३. आँपले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
४. यसले दिमाग र हड्डीको विकासमा पनि टेवा पुग्छ ।
५. क्याल्सीयम, बेटा क्यारोटिन, भिटामिन ए जस्ता तत्वहरुले बच्चाको हड्डी र स्मरण शक्तिमा तेज ल्याउन सघाउँछ ।
६. भिटामिन बी (६ र बी (२ जस्ता तत्व आँपमा हुने भएको कारण तुरुन्त शक्ति प्राप्त गर्न सघाउँछ ।
७. भिटामिन सी र मिनरल्स जस्ता पदार्थहरु हुने भएकाले आँपले मांसपेशी र हड्डीको विकासका लागि सहयोगी हुन्छ ।
८ .मुटु र आँखाका लागि आँपको सेवन निकै फाइदाजनक हुन्छ ।
९. आँपमा भिटामिन ए हुने भएकाले आँखाको ज्योति बढाई आँखा बिग्रिनबाट पनि बचाउँछ ।
१०. आँपको सेवनले रक्तचाप पनि सन्तुलनमा ल्याउँछ ।
११. रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । बाहिरी इन्फेक्सनबाट पनि बचाउँछ ।
१२. आँपको प्रयोगबाट पाचन प्रक्रिया समेत राम्रो हुन्छ ।
१३. क्यान्सर हुनबाट जोगाउँन मद्दत गर्छ।
१४. तौल बढाउँछ ।
१५. आँपमा पर्याप्त मात्रामा आइरन हुने हुँदा एमिनिया हुनबाट जोगाउन मद्दत पुर्याउँछ।
१६. गर्भवती महिलाको लागि पनि आँप राम्रो मानिन्छ।
१७. यौन सम्बन्धी समस्या हुनेले पनि नियमित खाएर लाभ लिन सकिन्छ ।
१८. आँपमा कप्पर पनि प्रशस्त मात्रमा पाइने भएकाले आर.बि.सी. बनाउन मद्दत गर्ने हुदा एनेमिया भएका बिरामीलाई फाइदाजनक हुन्छ ।
१९. आँपको प्रयोगले कोलेष्ट्रोल पनि घटाउ छ ।
२० आँपको प्रयोगले गर्मी बाट पनि बचाउछ ।
