काठमाण्डौ, १८ असार– राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले देशमुखी बजेट बनाउन आवश्यक भएको बताएका छन । उनले बजेट पहुँचवालामुखि भएको भन्दै उनले सो आवश्यकता रहेको बताएका छन ।
आज (सोमबार) बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले बजेटको कार्यान्वयन र सदुपयोग गर्नेतर्फ विशेष ध्यान दिन पनि सरकारलाई सचेत गराएका छन ।
उनले संघीय सरकारले बजेटको सदुपयोग गर्नका लागि प्रदेश र स्थानीय तहलाई पनि आवश्यकता अनुसार निर्देशन दिनुपर्ने बताएका छन ।
उनले बजेट कार्यान्वयन गर्ने निकायलाई पुरस्कार र नगर्ने निकायलाई दण्डको आवश्यक व्यवस्था गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताएका छन । सांसद मिश्रले सहरी विकास मन्त्रालयको आवश्यकता नरहेको जिकिर समेत गरेका छन ।
