ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ, पक्राउ पर्नेको संख्या ९ पुग्यो

१८ असार २०८०, सोमबार १५:००

काठमाण्डौ, १८ असार– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा आज सोमबार थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जन रहेका ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन ।

पोखरेल गृह मन्त्रालय अन्तर्गतको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख थिए भने महर्जन ललिता निवास जग्गामा मोही बनेका थिए ।

यसअघि आइतबार ब्युरोले तीन जनालाई पक्राउ गरेको थियो । ललिता निवास प्रकरणमा हालसम्म ब्युरोले पक्राउ गरेकाको संख्या ९ पुगेको छ ।