काठमाडौं, १८ असार – लोकप्रिय अभिनेता दयाहाङ राईको अभिन्यमा रहेका दुई फिल्म लगातार ब्लकबस्टर र दुई फिल्म लगातार हिट भएका छन् ।
अभिनेता राईको अभिन्यमा रहेको कबड्डी ४ र जारी लगातार ब्लकबस्टर भएका हुन् भने फूलबारी र के घर के डेरा लगातार हिट भएका छन् । उक्त फिल्महरु लगातार लगातार ब्लकबस्टर र लगातार हिट भएपछि अभिनेता राईको लागि २०७९ र ८० सालको प्रारम्भ लाभदायक बन्यो ।
अभिनेता राईले अभिनय गरेका यी चार फिल्मको कुल कमाइ जोड्दा ५० करोडभन्दा माथिको ग्रस कलेक्सन हुन आउँछ । यस्तै उनको अभिन्यमा रहेका बिहेपास र नीरफूलले बक्स अफिसको लागि राम्रो सफता प्राप्त गर्न नसके पनि राईको अभिनय यात्रा बक्स अफिस सफलतासँगै अघि बढिरहेको छ ।
अभिनेता राईले उक्त ती फिल्मपछि पनि लगातार फिल्म साइन गरिरहेका छन् । उनले हालै ‘नांगो गाउँ’ र ‘दिमाग खराब’को छायांकन सकेका छन् । यस्तै उनको ‘दयारानी’ र ‘गाउँ आएको बाटो’ प्रदर्शनको तयारीमा छन् । आगामी बिहीबारदेखि ‘हात्तीछाप’ सुटिङ हुँदैछ । ‘राजागञ्ज’ र ‘डिग्री माइला’ उनका प्रतीक्षित फिल्म हुन् जुन निर्माणको तयारीमा छन् ।
यस्तै हालै उनले अर्को फिल्म ‘कार्साङ’ पनि साइन गरेका छन् । यी फिल्महरु उनको औपचारिक रुपमै निश्चित भएका प्रोजेक्ट हुन् । प्रस्ताव आएका तर निश्चित नभएका दर्जनभन्दा फिल्म पेन्डिङमा छन् । यी फिल्मका कामको विवरणले २०८० र ८१ साल अहिलेदेखि नै अभिनेता राई व्यस्त हुने देखिन्छ ।
२०८१ सालमा आभिनेता राईको प्रतीक्षित ‘कबड्डी ५’ निर्माणको तयारी छ । निर्माताले कबड्डीको पाँचौं श्रृंखलाको लागि प्रि–प्रोडक्सनमा लागेका छन् ।
