यस पटक २९ अर्ब ६६ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउँदै सरकार

१८ असार २०८०, सोमबार १२:२०

काठमाण्डौ, १८ असार– सरकाले असार १९ सम्ममा २९ अर्ब ६६ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकमार्फत सरकारले कूल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी जारी गर्ने भएको छ ।

यद्यपि, कूल रकममध्ये २४ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ पुरानै ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी जारी गरिने केन्द्रीय बैंकले जानकारी दिएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले असार १८ गते अर्थात् आज दिउँसो ३ बजेभित्र आवदेन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले असार ११ गते २४ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।