काठमाण्डौ, १७ असार– आज आइतबार बसेको प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारीत भएको हो ।
त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेस गरेका छन ।
