काठमाण्डौ, १७ असार– भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मूत्यु हुनेमा सूर्यविनायक नगरपालिका– ६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्णकुमार त्वाटी रहेका छन । बा ९३ प ५८८१ नम्बरको स्कुटर दुर्घटना हुँदा त्वाटीको मृत्यु भएको प्रहरीले बताएका छ ।
उनको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति करिब साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिएका छन ।
कृष्णकुमारले चलाएको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ । स्कुटरको पछाडि बसेकी कृष्णकुमारकी छोरी १९ वर्षीया अनिता त्वाटी दुर्घटनामा सामान्य घाइते भएकी छन् । उनी उपचारपछि गएराति नै घर फर्किसकेकी छन् ।
