चितवन, १७ असार– नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो गएको थियो ।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले भने पहिरो नखसे केही घण्टापछि सडक खुलाउन सकिने बताए । पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ । अर्को ढिस्को पनि खस्ने अवस्थामा छ, पौडेलले भने।
सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदैआएको छ । यात्रुहरुको विजोग भएको अवश्श्था छ ।
