दार्चुलाको लेकममा एक चितुवा मृत अवस्थामा फेला

१७ असार २०८०, आईतवार ११:५७

काठमाण्डौ,१७ असार– दार्चुलाको लेकम गाउँपालिका–१ दानुगाड खोलाको किनारमा एक चितुवा मृत अवस्थामा भेटिको छ । आज बिहान चितुवा मृत अवस्थामा फेला परेको डिभिजन बन कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

अहिले उक्त चितुवाबारे अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय दार्चुलाले बताएको छ ।

डिभिजन बन कार्यालय दार्चुलाका अनुसार स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गर्दा प्रहरी र सब डिभिजन वनका कर्मचारीको टोली घटनास्थलतर्फ गइरहेको निमित्त डिभिजन बन कार्यालय दार्चुलाका कार्यालय प्रमुख परमानन्द कुँवरले जानकारी दिएका छन ।

घटना बारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दार्चुलाले जानकारी दिएको छ ।