काठमाडौंँ, १५ असार – आगामी भदौ १ गते देखि नेपाली चलचित्र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा आउने भएको छ । उक्त चलचित्र निर्माण युनिटले चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो ।
उक्त चलचित्रमा आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानिया खान, विकास थापामगर, विमल श्रेष्ठ, बालकलाकार अर्विन थिङ्ग लगायतको अभिनय गरेका छन् । सुशील पंगेनीको लेखेन रहेको चलचित्रलाई मिलन आलेमगरको निर्देशन गरेका छन्।
विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा राज लामा निर्मातामा छन् भने प्रमोद कुमार तामाङ र महादेश शाह सह–निर्मातामा छन् । आरआर फिल्मस्ले वितरण गर्ने रोमान्टिक ड्रामामा निर्माण भएको फिल्म सुमनकुमार तण्डुकारको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत, गौतमराज खड्काको सम्पादन, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।
