कानुनमन्त्री गुरुङले महिला सांसदहरुलाई भने ‘गुरुआमा’

१५ असार २०८०, शुक्रबार १५:४४

काठमाण्डौ, १५ असार– आज शुक्रबार संसद भवन नयाँ वानेश्वरमा ‘संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरुको भूमिका’ विषयक कार्यक्रम थियो। अतिथि थिए कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ रहेका थिए ।

करिब १० मिनेट सम्बोधन गरेका उनले दुई वटा शब्द पटक–पटक उच्चारण गरे। पहिलो –विद्यार्थी हुँ। दोस्रो–गुरुआमा ।तीन पटक सांसद भइसकेका कानुनमन्त्री गुरुङले आफू संसदीय भूमिका र अभ्यासमा विद्यार्थी नै रहेको बताएका छन ।

उनले नयाँ नयाँ विषयहरु आइरहने र नयाँ सांसदहरुको भूमिका कारणले पनि आफूलाई विद्यार्थीका रुपमा आफूले पाउने बताएका छन ।

उनले आफूलाई विद्यार्थीका रुपमा प्रस्तुत गरेका कानुनमन्त्री गुरुङले पटक–पटक महिला सांसदहरुलाई गुरुआमा भनेर सम्बोधन गरेका छन ।

उनल उमेरमा आफू भन्दा कम उमेरको भएपनि प्रस्तुती परिपक्क देखेका कारण गुरुआमा भनेको उल्लेख गर्दै अन्यथा नलिन पनि आग्रह गरेका छन । उनले भने, ‘हेर्दा उमेरमा मभन्दा कान्छी माननीय हुनुहोला।

तैपनि तपार्इंहरुको अभिव्यक्ति अत्यन्त पाको आउँछ। त्यस्तो अभ्यास म पनि कसरी अभ्यास गरौं जस्तो लाग्छ। त्यसो भएर मैले गुरुआमा भनेँ’ कानुनमन्त्री गुरुङले थपे, ‘माफ गर्नुहोला फेरि ए हामी माननीयहरुलाई गुरुआमा भन्यौ नभन्नुहोल । सम्मान भावले गुरुआमा भनेको हुँ।’

उनले जन्मदिने आमा, जन्म दिने पितालाई पहिलो भगवान मान्ने गरेको उल्लेख गर्दै उनले त्यसपछिको सम्मान गुरुलाई गर्ने गरेको बताएका छन ।

उनले संसदमा पुरुष सांसदहरुको तुलनामा महिला सांसदहरुको प्रस्तुती अध्ययनपूर्ण रहने गरेको पनि उनले बताएका छन्।