मल वितरणमा बद्मासी भयो: कृषिमन्त्री भुसाल

१५ असार २०८०, शुक्रबार १४:५८

काठमाण्डौ, १५ असार– कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले मलको अभाव नभएर केही ठाउँमा मल वितरणमा बद्मासी भएको भन्दै त्यसलाई छानबिन गरी कारबाही गर्ने बताएका छन ।

आज (शुक्रबार) राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाईं महोत्सव बोल्दैर उनले यस्तो बताएका हुन ।

उनले भने, ‘ सरकारले यो वर्ष कृषि क्षेत्रमा जे जस्ता कार्यक्रमहरु ल्याएको छ ती कार्यक्रम सफल बनाउनको लागि अभियानसञ्चालन गरौं । यो वर्ष ढिलै भएपनि मनसुन शुरु भएको छ। मल वितरणमा बदमासी भएको छ ।

मल वितरणमा बदमासी भएको ठाउँमा कारबाही गर्छु।’ उनले मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर प्रचार गरियो बताएका छन ।

उनले अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात रहेको पनि बताएका छन । उनले भने, ‘दाबीका साथ भन्छु। अहिले मलको अभाव छैन । राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर मलको अभाव भनेर प्रचार गरियो । अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात छ।’

उनले कार्यक्रममा सहभागि योजना आयोगका सदस्यलाई योजना आयोगमा बसेर बजेट नदिने तर कृषि कार्यक्रममा आएर ठूला कुरा नगर्न चेतावनी दिए । उनले अहिले मलको अभाव नभएको बताएक छन ।

शुक्रबार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाईं महोत्सवमा सहभागी