कोशीको मुख्यमन्त्रीमा मेरो दाबी छैन : राजेन्द्र राई

१५ असार २०८०, शुक्रबार १४:३३


काठमाण्डौ, १५ असार– नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको बताएका छन ।

आज (शुक्रबार)) मात्र कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन सकेका थिएनन् । प्रस्तावको पक्षमा जम्मा ४६ मत खस्यो, बहुमतका लागि ४७ आवश्यक पर्छ ।

अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्ने पाँचदलीय गठबन्धनका नेताहरुले बताएका छन ।

९३ सदस्यीय रहेको प्रदेशसभामा चार सिट भएको एकीकृत समाजवादीका संसदीय दलका नेता राईले मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको बताएका छन ।

उनले भने, ‘केन्द्रमा समझदारी भयो भने जुनसुकै जिम्मा लिनुपर्ने भएकाले त्यसका लागि तयार छु । तर व्यक्तिगत रुपमा मुख्यमन्त्रीमा मेरो दाबी र प्रयास छैन’, ।

उनले आफूले दाबी नगरेपछि नै नयाँ प्रक्रिया अघि बढेकाले यसमा समर्थन र सहयोग गर्ने बताएका छन ।