कर्णाली प्रदेशसभा वैठक एमालेद्धारा अबरुद्ध

१५ असार २०८०, शुक्रबार १४:४०

कर्णाली प्रदेशसभामा भइरकेको वैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद वैठक अबरुद्ध गरेको छ ।

आज प्रदेश सभाको १६ औँ बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने कार्यतालिका अन्तरर्गत सदन सुरु भए लगत्तै एमालेले वैठक अवरुद्ध गरेको हो । वैठकमा एमालेले बजेट पैत्रिक सम्पत्ति बाँडे जसरी बाँडिएको र बजेट निमार्णमा बिचौलिया प्रवेश गरेको आरोप लगाएको छ । सभामुख नन्दा गुरुङले पटक–पटक सभा सञ्चालनमा समेत सहयोग गर्न आग्रह गर्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नमानेपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ ।