काठमाण्डौ, १५ असार– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः विश्वासको मत मागेका छन । विश्वासको मत लिनुअघि उनले आजको प्रदेशसभालाई सम्बोधन गर्दै उनले आफू प्रदेश सरकार सञ्चालनमा सक्षम रहेको भन्दै मत दिन आग्रह गरेका छन ।
प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेशसभाको बैठक जारी छ । मुख्यमन्त्री कार्कीले हिंजो विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा बैठक स्थगित भएको थियो ।
आजको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा दलहरूले उठाएका प्रश्नको जवाफ दिएका छन । उनको सम्बोधन सकिएसँगै मत विभाजन प्रक्रिया सुरु भएको छ ।
त्यसक्रममा उनले अर्को सरकार गठन हुने सम्भावना नरहेको भन्दै विधि, पद्धती र संवैधानिक व्यवस्थाको विषयमा हेक्का राख्न विपक्षी गठबन्धनलाई आग्रह गरेका छन ।त्यसक्रममा उनले पटक पटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको बताएका छन । कोशी प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले हो ।
सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने भएका हुन् ।
कोशी प्रदेशसभामा एमालेको ४०, कांग्रेसको २९, नेकपा माओवादीको सभामुखसहित १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद रहेका छन । कार्कीलाई विश्वासको मतको पक्षमा एमालेको ४० र राप्रपाको ६ सांसदले समर्थन गरेक
