आज जुम्लाबाहेक कर्णाली प्रदेशका ९ जिल्लामा सार्वजनिक बिदा

१५ असार २०८०, शुक्रबार ११:४१

काठकमण्डौ, १५ असार– आज (शुक्रबार) कर्णाली प्रदेशको जुम्लाबाहेक नौ जिल्लामा सरकारले सार्वजनिक बिदा दिएको छ ।

असार १५ गते राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

२०७९ साल चैत २९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार आज सार्वजनिक बिदा दिइएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिएका छन ।

आज (शुक्रबार|) नौ जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा दिइएको उनले बताएका छन । कर्णाली सरकारले जुम्लामा बर्सेनि चैत १२ गते धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिने गरेको छ ।

त्यस दिनमा कर्णालीका नौ जिल्लाबाहेक जुम्लामा मात्र सरकारी तथा गैरसरकारी निकाय बन्द हुने गर्दछन् । असार १५ गते भने जुम्ला बाहेक नौ जिल्लामा सार्वजनिक बिदा हुने गरेको छ ।