काठमाण्डौ, १३ असार– मोटरसाइकलले ठक्करबाट सुर्खेतको वीरन्द्रनगर नगरपालिका–६ घण्टाघर चोकनजिक एक जना पैदलयात्रुको मृत्यु भएको छ ।
मुत्यु हुनेमा वीरेन्द्रनगर–७ का ५० वर्षीय टिका सुनार रहेका छन ।
घण्टाघरदेखि शंकरचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ४७६१ नम्बरको मोटरसाइकको ठक्करबाट गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मणबहादुर शाहीले जानकारी दिएका छन ।
मृतक सुनारको शव प्रदेश अस्पतालमा राखिएको प्रहरीले बताएको छ । मोटरसाइकल चालक महावु गाउँपालिका–६ का ३३ वर्षीय तेजबहादुर शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
