विभिन्न स्थानमा तीन जना मृत फेला

१३ असार २०८०, बुधबार १६:४४

काठमाण्डौ, १३ असार–पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका अनुसार दाङको तुलसीपुर उपमहागनरपालिका–३ एकता टोलस्थित पातुखोला नजिक सल्यान कालीमाटी गाउँपालिका–४ बस्ने ४४ वर्षीय भोला कडेल मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ हात्तिखर्क सल्ले बस्ने १९ वर्षीय पूर्ण राना मगर सोही ठाउँस्थित बाटोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता चितवनको भरतपुर महानगरपालिका२ नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी १६ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।