‘प्रेम गीत ३’ अब डिशहोममा

१३ असार २०८०, बुधबार १६:१२

काठमाडौँ, १३ असार–चर्चित नेपाली चलचित्र ‘प्रेम गीत ३’ लाई अब डिशहोममा दर्शकहरुले हेर्न पाउने भएका छन् ।

यो चलचित्र हलमा गएर हेर्न छुटाएका दर्शकहरूले अब डिशहोमको सिनेमाघरमा हेर्न पाउने भएका हुन् । ‘प्रेम गीत ३’ यही असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० बजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको एक्सभीओडीमा पनि यो चलचित्र उपलब्ध हुनेछ ।

एक्सभीओडीमा यो चलचित्र उपलब्ध भए पछि आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ । एक्सभीओडी डिशहोमको सेटटप बक्समा उपलब्ध रहेका फिचर हो ।