काठमाण्डौ, १३ असार– प्रहरीले ललिता निवास निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादी हरु पक्राउ गर्ने अनुमति पाएको छ ।
यसबारे केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । सीआईबीले मंगलबार सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सातजनालाई पक्राउ गरीसेको छ ।
जसमध्ये अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरीसेको छ ।
पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधिर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन ।
जग्गा फिर्ता गर्ने २०९ जना, पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, निवास परिसर विस्तार सट्टापट्टा तथा शोधभर्ना गर्ने ७४ जना रहेको ब्युरोले जानकारी दिएको छ ।
