घोराही–८ का वडा अध्यक्ष शाहले बजेटमा असन्तुष्टि जनाउँदै दिए राजीनामा

१२ असार २०८०, मंगलवार १८:४७

काठमाण्डौ, १२ असार– दाङको घोराही उप–महानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन । उनले बजेटको विषयमा असन्तुष्टि जनाउँदै आज मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

एमालेबाट निर्वाचित शाहले घोराही उपमहानगरपालिकाको १३ औं नगरसभामा राजीनामा पत्र नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएर नगरसभाबाट बाहिरिएका छन ।

उनले आफ्नो वडामा बजेट नहालेको भन्दै शाहले मेयरसँग असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएको हुन । आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट वडामा बजेट नदिएपछि राजीनामा दिने निष्कर्षमा पुगेको उनले बताएका छन ।

यसअघिको बजेट ल्याउँदा पनि राजीनामा दिने घोषणा गरेका उनले अन्तिममा राजीनामा भने दिएका थिएनन् । उनले अर्को निर्वाचनमा मेयरमा चुनाव लड्ने पनि बताएका छन ।