काठमाण्डौ, १२ असार प्रहरी देशको विभिन्न स्थानबाट अनलाइन गेममार्फत सट्टेबाजी खेलमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–९ घर भई हाल काठमाण्डौं महानगरपालिका९१४ कंलकी बस्ने २४ वर्षीय राजा चौधरी, बारा जितपुर सिमरा उपमहानगरपालिका–८ घर भई हाल काठमाण्डौं महानगरपालिका–१४ कंलकी बस्ने २५ वर्षीय विवेक चौधरी, काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका– २ कुरिया घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने २४ वर्षीया आशा गुरुङ रहेको प्रहरीले बताएको छ ।
उनीहरूले आफ्नो मोबाइलमा इन्स्टल भएको २ एकाउन्टस् भन्ने एप्लिकेसनमार्फत विभिन्न अनलाइन ग्याम्बलिङ प्ल्याटफर्मको प्रयोग गरी अनलाइन क्यासिनो गेमहरूमा रकमको बाजी लगाई सट्टाबाजी गराइ खेल खेलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीmे बताएको छ ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
