शक्तिशाली पार्टी बनाउन युवा कांग्रेस गठनको आवश्यक छ: नैनसिंह महर

१२ असार २०८०, मंगलवार १५:३१

काठमाण्डौ,१२ असार– कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता रहेको बताएका छन । आज मंगलबार काठमाडौँण्मा आयोजित नेविसंघ र तरुणदलका नेताहरूसँगको छलफल कार्यक्रममा उनले युवा कांग्रेस आजको आवश्यकता भएको बताएका छन ।

उनले भने, ‘पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिनु त छ नै। सँगसँगै युवा कांग्रेस गठनसमेत आजको आवश्यकता बनेको छ। पार्टीले एउटा नयाँ भ्रातृ संस्था गठन गर्नुपर्छ। जुन जनताको आकर्षणको केन्द्र बन्न सकोस् ।’

उनले युवा कांग्रेसलाई भ्रातृ संगठनको राजनीतिबाट बाहिरिएका र विभिन्न वर्ग, पेशा र दलबाट कांग्रेसमा काम गर्न इच्छुक नेताका लागि स्कुलका रूपमा विकास गर्न सकिने बताएका छन ।

उनले पार्टी र सरकार सञ्चालनको सैद्धान्तिक र व्यवहारिक सीप सिकाउने थलोका रूपमा युवा कांग्रेस बनाउन सकिने बताएका छन ।

२०५१ सालको मध्यावधि चुनावपछि पार्टीमा संकट देखिँदा २०५४ सालमा तरुण दल ब्युँताइएको स्मरण गर्दै अहिले पनि युवा कांग्रेस बनाउनुपर्ने उनले बताएका छन ।