काठमाण्डौ,१२ असार– ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै पक्राउ पर्नेका सङ्ख्या सात पुगेको हो ।
शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेको एआईजी किरण बर्जाचार्यले जानकारी दिएका छन ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा,
डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई यसअघि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले पक्रउ गरेको थियो ।
