काठमाण्डौ,१२ असार– ललिता निवास प्रकरणमा डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की पक्राउ परेका छन ।
योसँगै मंगलबार पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।यसअघि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित
डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।
