काठमाण्डौ,१२ असार–काँग्रेस प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन । आज मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन ।
उनले निर्वाचन आयोगको जिल्लास्थित कार्यालयहरू अन्य कुनै कार्यालयमा नगाभिने बताएका छन । उनले निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभिने पक्षमा पार्टीको संसदीय दल नै रहेको बताएका छन ।
आज अर्थमन्त्रीले संसद्मा जवाफ दिने क्रममा जिल्ला निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभ्ने प्रतिबद्धता गर्ने पनि उनले बताएका छन ।
उनले यो कुरा निर्वाचन आयोगले पनि निर्णय गरिसकेको बताएका छन ।लेखकले निर्वाचन आयोगको निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयतालाई कायम राखिने बताएका छन ।
