स्वस्तिमाले पहिलो पटक श्रीमानको निर्देशनमा फिल्ममा अभिन्य गरिन्

१२ असार २०८०, मंगलवार ११:५०

काठमाडौ, १२ असार – नेपाली चलचित्र ‘दिमाग खराब’ छायाङ्कन सुरु भएको ३६ दिनमा फिल्म सकिएको छ । उक्त फिल्मलाई निश्चल बस्नेत निर्देशिन गरेका छन् । छ ।

छायाङ्कन सुरु भएको ३६ दिनमा फिल्म छायाङ्कन पूरा भएको निर्माण युनिटले जनाएको छ । सोमबार काठमाडौँको पिंगलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा फिल्मको अन्तिम दृश्य खिच्दै फिल्म इन्ड क्ल्याप गरिएको हो । ४० दिनको सेडुल बनाएर छायाङ्कनमा निस्किएको फिल्म ४ दिन अगावै सकिएको हो । फिल्म काभ्रेको पाँचखाल र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको छ ।

जनता र शक्तिको कथामा बनेको फिल्मको आगामी कात्तिक २४ गते प्रदर्शन मिति तय भएको छ । उक्त फिल्म मार्फत निश्चल ६ वर्षपछि निर्देशनमा कम ब्याक भएका छन्। फिल्ममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा र विजय बरालको मुख्य भूमिका छ ।

स्वस्तिमाले पहिलो पटक श्रीमान् निश्चल बस्नेतको निर्देशनमा फिल्म गरेकी हुन् । उनीहरुले यसअघि आधा दर्जनभन्दा बढी म्युजिक भिडियो र फिल्म ‘घामड शेरे’ मा भने एकसाथ अभिनय गरेका थिए ।

ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायाङ्कन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।