काठमाण्डौ,११ असार– न्यायाधीश नियुक्तिको एजेण्डासहित बसेको न्याय परिषद्को बैठक निष्कर्षबिनै टुङ्गीएको छ ।
न्यायाधीश नियुक्तिका सम्बन्धमा छलफल भएपनि अर्को बैठकमा थप छलफल गर्ने गरी आज सोमबारको बसेको बैठक सकिएको हो ।
न्यायाधीश नियुक्तिका लागि बसेको बैठकमा प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा छलफल भएको एक सदस्यले जानकारी दिएका छन ।
छलफलका क्रममा प्रस्तावित न्यायाधीशको विषय टुङ्गोमा पुग्न नसकिएको र प्रत्येक व्यक्तिको सम्बन्धमा छुट्टाछुट्टै छलफल भएको ति सदस्यले जानकारी खिएका छन ।
प्रस्तावित न्यायाधीशहरुको विषयमो परिषद्का सदस्यबचि छलफल नसकिएपछि बुधबार पुनः बैठक बस्ने गरी सोमबारको बैठक सकिएको छ ।
अब अर्को बैठक असार १३ गते बस्ने न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिएका छन ।
