बाबुरामको प्रस्ताव: अब संयुक्त सरकार निर्माण गरौँ

११ असार २०८०, सोमबार १४:०६

काठमाण्डौ, ११ असार– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनु पर्ने बताएका छन ।

उनले अब मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गर्दै प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाउनु पर्ने बताएका छन ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन दिइरहेका भट्टराईले यो नयाँ प्रस्ताव ल्याएका हुन्।

गत आम चुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्झन् उतारचढावपूर्ण तगचदगभिलत बन्दै जानु देश र जनताको निम्ति हितकर छैन, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता,दलका प्रमुख नेताहरूको अल्पदृष्टि र महत्त्वाकाङ्क्षा,भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब,राज्यका स्थायी अङ्गहरूको क्षयीकरणरभ्रष्टीकरण आदि यसका प्रमुख कारण हुन सक्छन् ।

’यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नु सट्टा यो संसद्को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन, थप जटिल बन्दै गएको भू राजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन गर्दा ठिक होला किरु नत्र समयले कसैलाई नपर्खन सक्छ, उनले भनेका छन् ।