इनारमा डुबेर दुईजनाको मृत्यु

११ असार २०८०, सोमबार १२:५५

काठमाण्डौ, ११ असार– काठमाण्डौँको भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको रहेका छन ।

पानी तान्ने मोटर निकाल्न इनारमा पसेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले जानकारी दिएका छन । दिपेन सुरुमा इनारामा इनारमा पसेका हुन् ।

दिपेनलाई बचाउन त्यसपछि जितेश इनारमा गएका थिए । उनीहरुको इनारमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।