गुल्मीमा खहरेले बगाउँदा बाबुको मृत्यु, छोरी बेपत्ता

१० असार २०८०, आईतवार १७:३६

गुल्मी, १० असार– गुल्मीमा खहरे खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन ।

जिल्लाको मालिका गाउँपालिका –२ दर्लिङमा खहरेले स्थानीय ४१ बर्षीय लिलबहादुर घर्ती र उनकी ८ बर्षकी छोरी बिन्दुलाई शनिबार राति बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिएका छन ।

लिलबहादुरको शव ८० मिटर तल भेटिएको छ भने छोरी बेपत्ता रहेको प्रहरीले बताएको छ ।

बेपत्ताको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, वामी प्रहरी चौकी र पौदी अमराइ प्रहरीचौकीबाट प्रहरी परिचालन गरिएको प्रहरीले बताएको छ ।