आर्थिक अवस्था सुदृढ बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक हुनुपर्छ: सांसद पौडेल

१० असार २०८०, आईतवार १४:४५

काठमाण्डौ, १० असार– नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक जुट हुनुपर्ने बताएका छन ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन । उनले आर्थिक अवस्था सुधारको विषयलाई सबैको साझाको विषय बनाएर अघि बढ्न जरुरी भएको बताएका छन ।

सांसद पौडेलले आर्थिक प्रणालीलाई लयमा ल्याउनको निम्ति सत्तापक्ष र प्रतिपक्ष बाँडिने अवस्था देशमा नरहेको बताएका छन ।

उनले देशको आर्थिक अवस्था सुधार गर्नको निमित्त सामूहिक रुपमा अघि बढ्ने एउटा साझा संकल्पको आवश्यकता देशमा रहेको बताएका छन । उनले बजेटमा भएका असन्तुष्टिलाई सम्बन्धित मन्त्रालयले सुन्न जरुरी भएका बताएका छन ।