चट्याङ लागेर दुई जनाको मृत्यु

१० असार २०८०, आईतवार १४:००

बागलुङ, १० असार– बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छ वर्षीय दिनेश विक र नौ वर्षीया सुनिता विक रहेका छन ।

ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको प्रहरीले बताएको छ ।

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिएका छन ।

चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको केसीले जानकारी दिएका छन । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले बताए