सुन जस्तो २ किलो धातु सहित एक जना पक्राउ

१० असार २०८०, आईतवार १३:४३

काठमाण्डौ, १० असार– सुन जस्तो देखिने २ किलो धातु सहित रुपन्देही बाट एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी बयरघाट रुपन्देहीमा खटिएको सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्का कमान्डको टोलीले शनिबार मध्यराति लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदहबाट कार र चालक सहित सुन जस्तो देखिने २ किलो धातु बरामद गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नं। को मारुती सुजुकी कारलाई बिशेष सुचनाको आधारमा नियन्त्रणमा लिई जाँच गर्दा गियर बक्समा फल्स बटम बनाएर लुकाइ छिपाइ लैजादै गरेको अवस्थामा इँट्टा आकारको २ थान सुन जस्तो थातु फेला परेको हो ।

पक्राउ पर्नेमा दाङको घोराही नगरपालिका१० का हुमानन्द गिरी रहेका सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका गिरी र गाडीलाई भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।