नेपाल वायुसेवा निगममा कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाए सरह हो:   योगेश भट्टराई

८ असार २०८०, शुक्रबार १५:२३

काठमाण्डौ, ८ आसार–    एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य   योगेश भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको बताएका छन  ।

आज (शुक्रवार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले  यस्तो बताएका हुन । उनले थला पर्न लागेको नेपाल वायुसेवा निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने बताएका छन ।

उनले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको पनि बताएका छन  । उनले वायुसेवा निगमका कर्मचारीले तलब खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ भएको भन्दै हवाई उडानबाट नाफा नहुने बताएका छन ।

उनले निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्याङ्कन गर्न आवश्यक रहेपनि सरकारको ध्यान त्यतातर्फ नगएको बताएका छन । उनले ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको पनि बताए ।

नेपालका नीजि कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय कर्मचारीले पुगेको भन्दै  वायुसेवा निगमसँग ४ वटा जहाज हुँदा ३ हजार कर्मचारी थोपरिएको बताएका छना  ।

उनले एमालेले तीन वर्ष सरकार सञ्चालन गर्दा एक जना पनि कर्मचारी नथपेको भन्दै अहिले निगममा सयौँ कर्मचारी भर्ती गरेर निगमलाई सोमलियाकी आमा जस्तो बनाउन थालिएको आरोप लगाए ।