ओखलढुंगामा पहिरो : एकै परिवारका ३ जनाको मृत्यु

८ असार २०८०, शुक्रबार १३:०५

काठमाण्डौ, ८ आसार– ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रवक्ता देवेन्द्र दासले जानकारी दिएका छ ।

यस्तै पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । सोही घरका अर्का एक सदस्य १० वर्षीय दिनेश गुरुङ बेपत्ता छन् । उनको खोजीकार्य जारी रहेको प्रहरी इन्सपेक्टर दासले जानकारी दिएका छन ।

पहिरोले सोही ठाउँका बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि भत्किएको प्रहरीले बताएको छ । सो घरका सदस्यहरुले भागेर ज्यान जोगाएका थिए । प्रहरीका अनुसार पहिरो प्रभावित क्षेत्रमा गएरातिदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालित छन् ।