काठमाण्डौ, ८ आसार– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले डिजिटल इकोनोमीमा विशेष जोड दिइरहेको बताएका छन ।
आज (शुक्रवार) काठमाण्डौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिँदै आएपनि नेपालको भौगोलिक अवस्थाका कारण सोचे अनुरुपको विकास हुन नसकेको बताएका छन ।
उनले सरकारी काम कारबाहीहरु म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म सुशासनमुखी नेपालको विकास गर्न सम्भव नरहेक बताएका छन ।
प्रधानमन्त्री प्रचण्डले रकार र जनताबीचको सम्बन्धलाई अझै विकसित गर्न र सरकारी काम कारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुर्याउँदै डिजिटल गभर्नेन्सको प्रत्याभूतिसहित भ्रष्टाचारमुक्त समाजको विकासमा सरकार केन्द्रित रहेको बताएका छन ।
उनले भने, ‘सरकारी काम कारबाहीहरु म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म हामीले खोजेको सुशासनमुखी नेपालको विकास गर्न सम्भव छैन ।
सरकार र जनताबीचको सम्बन्धलाई अझै विकसित गर्न र सरकारी काम कारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुर्याउँदै डिजिटल गभर्नेन्सको प्रत्याभुतिसहित भ्रष्टाचारमुक्त समाजको विकासमा हाम्रो प्रयासहरु केन्द्रित छन्, ‘पारदर्शीता र जवाफदेहीतासँगै सुशासनका लागि पनि डिजिटल प्रविधि र यसको प्रयोग महत्वपूर्ण छ ।
सामाजिक चेतना, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा समेत जनअपेक्षा अनुरुप सरकारको भूमिका प्रभावकारी बनाउन सूचना तथा सञ्चार क्षेत्रमा प्रविधिलाई व्यवस्थित रुपले उपयोग गर्नुपर्ने आजको आवश्यकता हो ।’
उनले सामाजिक चेतना, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा समेत जनअपेक्षा अनुरुप सरकारको भुमिका प्रभावकारी बनाउन सूचना तथा सञ्चार क्षेत्रमा प्रविधिलाई व्यवस्थित रुपले उपयोग गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन ।
