विगतको जस्तो मल अभाव हुने अवस्था छैन: प्रधानमन्त्री प्रचण्ड

८ असार २०८०, शुक्रबार १२:०५

काठमाण्डौ, ८ आसार– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको बताएका छन ।

साथै उनले यो वर्ष धान बालीका लागि मल अभाव नहुने पनि बताएका छन । आज शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरे । ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उनले बताएका छन ।

साथै उनले यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने बताएका छन । उनले भने, ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन ।’